काठमाडाैं : सर्वोच्च अदालतले फेरि संसद् ब्युँत्याइदिएपछि प्रधानमन्त्री केपी ओली राष्ट्रपति निवास शितलनिवास पुगेका छन्। माधव नेपाल पक्षका केही नेताहरु समेत सहभागी स्थायी कमिटी बैठकपछि प्रधानमन्त्री राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन्। ओली साँझ ७ बजेतिर राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन्। सर्वोच्चले आज परमादेश जारी गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भोलि साँझसम्म प्रधानमन्त्री नियुक्त गर्नु भनेको छ। यसबारे छलफल गर्न प्रधानमन्त्री ओल
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सो निर्णयलाई बदर गर्नुको साथै संविधानको धारा ७६ को ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमान्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको छ।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले केही कांग्रेस सभापति शेरबहादुर देउवाको फेरि प्रधानमन्त्री हुने उत्कष्ट ईच्छाले लोकतान्त्रिक मार्ग नै छाडेको बताएका छन्। मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा उनले यो कुरा नेपाली काँग्रेसले अलि पछि बुझ्ने उल्लेख गरे। “जनताको भरोसा छाड्ने र जाली फटाहा टिपेर कृत्रिम अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री बन्ने बाटो समाए। संसद र जनताबाट भए हुन्थ्यो अन्तैबाट हुन खोजे”, प्रधानमन्त्रीले भने।
प्रतिनिधि सभा विघटनपछिको विकसित राजनीतिक घटनाक्रमको सम्बन्धमा छलफल गर्न सभामुख अग्नि सापकोटाको आव्हानमा सर्वदलीय बैठक शुरु भएको छ । संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शुरु बैठकमा विपक्षी गठबन्धनका नेताहरु सहभागि छन् ।
बैठकका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, एमाले नेता माधव कुमार नेपाल लगायत छन् । प्रतिनिधि सभा विघटनपछिको अवस्थाबारे बैठकमा छलफल हुँदैछ ।
सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्य...
काठमाण्डाै – नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन रहेको बताएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन रहेको बताउनुभएको हो ।
सरकारले संसदीय प्रक्रियालाई छलेर दुरगामी प्रकृतिका निर्णय लिइरहेको पनि विज्ञप्तिमा उल्लेख छ । सभापति देउवाले सरकारी संयन्त्रको दुरुपयोग नगर्न चेतावनी दिँदै सरकारका सम्बन्धमा मुद्दा सर्व...
काठमाडौं : प्रधानमन्त्री ओली सरकार अल्पमतमा परेपछि विपक्षी दलहरु नयाँ सरकार गठनमा लागेका छन्।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका सम्बन्धमा दलहरुसँग संवाद गर्न आफ्नै निवासमा दलका नेताहरुलाई छलफलका लागि बोलाएका छन्।दिउँसो २ बजे नयाँ सरकार गठनबारे छलफल गर्न माओवादी र जसपाका शीर्ष नेतालाई बुढानिलकण्ठमा बोलाइएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए।केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि बहुमतको नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न
काठमाडौं : तिन वर्ष अघि दुईतिहाइ बहुमतबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओली अहिले अल्पमतमा पुगेका छन्। केही दिन अघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओली अल्पमतमा परेका हुन्। संसदको विशेष अधिवेशनमार्फत २७ वैशाखमा विश्वासको मत लिने निर्णय लिएका प्रधानमन्त्री ओली बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा सहयोग माग्न दलबलसहित पुगे।एमालेका तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्बाङ, गृहमन्त्री रामबहा
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता सम्पन्न भएको छ। प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई विश्वासको मत दिन आग्रह गरेका थिए तर कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जवाफ फर्काएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए। नेताहरू देउवा निवास बुढानिलकण्ठबाट निस्किएका छन्। प्रधानमन्त्री ओली एमाले नेतासहित देउवासँग झन्डै डेढ घण्टा छलफल गरेका थिए।
काठमाडौं। विपक्षी दल गठबन्धन बनाएर अघि बढ्न सक्रिय भएका बेला प्रधानमन्त्री ओली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। जेठ ६ गते हुने राष्ट्रियसभा उपचुनावका लागि कांग्रेस, माओवादी केन्द्र, माधव समूह र जसपाको उपेन्द्र समूहसँग मिलेर साझा उम्मेदवार घोषणा गरे। त्यस लगत्तै प्रधानमन्त्री ओली देउवालाई फकाउन र समझदारी कायम गर्न बुढानिलकण्ठ पुगेका हुन्।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली एमाले नेतासहित कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। आधाघण्टा अघि प्रधानमन्त्री ओली नेताहरु सुबास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा बादलसहित देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भने, 'प्रधानमन्त्री ओली देउवालाई भेट्न जानुभएको छ।' राष्ट्रियसभा उपचुनावका सन्दर्भमा र वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे छलफल हुनेछ ।