गोरखापत्रको कार्यकारी अध्यक्षमा विष्णु सुवेदी नियुक्त

काठमाडौँ – सरकारले गोरखापत्रको कार्यकारी अध्यक्षमा विष्णु सुवेदीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गोरखापत्रको रिक्त कार्यकारी अध्यक्षमा विष्णु सुवेदीलाई नियुक्त गरेको सरकारका प्रवक्तासमेत रहेका कानुन न्याय तथा संसद मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। अन्नपूर्ण अनलाइन संस्करण र नेपाल समय डटकमका पूर्वसम्पादकसमेत रहेका सुवेदी दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता पेसामा सक्रिय छन्। आमसञ्चार तथा […]

सम्बन्धित सामग्री

गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा विष्णु सुवेदी

काठमाडौँ । गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष पदमा गुल्मीका विष्णुप्रसाद सुवेदी नियुक्त भएका छन् । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। सुवेदी यस अगाडि अन्नपूर्ण पोस्ट अनलाइन संस्करणका सम्पादक थिए। संस्थानमा यसअघिका कार्यकारी अध्यक्ष कृष्ण मुरारी भण्डारीले दिएको राजीनामा गत साउन १९ गते मन्त्रिपरिषद्ले स्वीकृत गर्ने निर्णय गरेको थियो। […]

गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा विष्णु सुवेदी नियुक्त

गोरखापत्र संस्थानको रिक्त कार्यकारी अध्यक्ष पदमा गुल्मीका विष्णु सुवेदी नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील सुवेदीले यस अघि अन्नपूर्ण पोस्टको अनलाइन एडिर तथा नेपाल समय र नेपाल तार न्यूजको एडिटरको जिम्मेवारी पूरा गर्नुभएको छ ।

गोरखापत्रको कार्यकारी अध्यक्षमा विष्णु सुवेदी नियुक्त

काठमाडौं : सरकारले पत्रकार विष्णु सुवेदीलाई गोरखापत्र दैनिकको कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्तासमेत रहेका कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।पत्रकार सुवेदीले यसअघि अन्नपूर्ण पोष्ट डटकम, नेपाल समय डटकम र नेपालतारा डटकमको सम्पादक भएर काम गरिसकेका छन्।

गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णु सुवेदी नियुक्त

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा गुल्मीका विष्णु प्रसाद सुवेदीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले पत्रकार सुवेदीलाई चार वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । अन्नपूर्ण पोष्टमा कार्यरत सुवेदी विगत २ दशकअघिदेखि पत्रकारितामा छन् । केपी ओली सरकारले नियुक्त गरेको कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले राजिनामा दिएपछि रिक्त रहेको अध्यक्ष […]