कर्णालीका कानुन मन्त्रीको सम्पत्ति : एक हल गोरु, १२ वटा बाख्रा !

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण पेस गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएको सम्पत्ति विवरण अनुसार उनी सबैभन्दा गरिब मन्त्रीको सूचीमा छन् ।उनीसँग सम्पत्तिको नाममा एक हल गोरु र १२ वटा बाख्रा रहेको उल्लेख गरेका छन् । त्यस्तै दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका –४ तिलुखाना निवासी शाहीसँग पुर्ख्यौली घर मात्र रहेको उल्लेख गरेका छन् । उक्त घर ३५ वर्ग मिटर क्षेत्रफलमा रहेको छ। साथै उनीसँग चल सम्पत्ति अन्तर्गत जम