साेलुमा ठगिँदै पर्यटक, ‘सल्लेरी–खरिखोला रिर्जभ भाडा ३५ हजार रुपैयाँसम्म’

सोलुखुम्बु : सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट खरिखोला क्षेत्र जाने सार्वजनिक गाडीकाे भाडामा मनोमानी बढेको छ । सल्लेरीबाट खरिखोला जाने विदेशी पर्यटकको सङ्ख्या बढेसँगै सार्वजनिक गाडीले मनोमानीरूपमा भाडा लिने गरेको यात्रुले गुनासो गरेका छन् ।  खरिखोला क्षेत्र जाने गाडीकाे सङ्ख्या कम र यात्रुको चाप बढी हुँदा गाडीले पर्यटकलाई तोकिएको भन्दा बढी भाडा लिने गरेको पर्यटन व्यवसायी छिमी छिरि शेर्पाले गुनासो गर्नुभयो । यसअघि सल्लेरी–खरिखोला १६ हजार रुपैयाँमा रिजर्भ जाने गरेका जीपले अहिले ५० हजार रुपैयाँसम्म लिने गरेका...

सम्बन्धित सामग्री

दशैँ मनाउन घर फर्किने सुदूरपश्चिमेली ‘बसवाला’बाट ठगिँदै

धनगढी : बैतडीका खगेन्द्र धामी शुक्रबार कैलालीबाट दशैँ मनाउन पहाडतिर झरे। धामी सुदूरपश्चिमको अस्थायी राजधानीसमेत रहेको धनगढीबाट सिगास फर्किएका हुन्।धनगढीबाट सिगास बैतडीसम्मको बस भाडा करिब एक हजार रुपैयाँ छ। तर, उनले एक हजार ५ सय बढी रुपैयाँ तिरे। उनले लिएको टिकटमा भने एक हजारमात्रै उल्लेख गरिएको थियो।धामीले भने, ‘काउन्टरमा गएँ। त्यहाँ टिकट छैन। सीट सबै प्याक भएको छ भनेर बाहिर पठाए। बाहिर टिकट त पाएँ। तर, दलालहरु रहेछन्, ती मान्छेहरुले महँगो भाडा लिए। टिकटमा कम लेखिएको थियो। मैले च

सहकारीबाट ठगिँदै जुम्लाका बासिन्दा

जुम्ला : सहकारीका सञ्चालकहरू बचतकर्ताले स‌ंकलन गरेको रकम उठाएर सम्पर्कविहीन भएपछि जुम्लाका बासिन्दा ठगिएका छन्।नागरिक बचतकर्ता सहकारीका सञ्चालक र कर्मचारीबाटै ठगिँदै आएका छन्। चन्दननाथ नगरपालिका– १० गैरागाउँका प्रेमराज न्यौपाने सहकारीका बचतकर्ता हुन्। उनले स्वजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बचत गरेका थिए।उनी त्यो सहकारीमा आबद्ध दैनिक बचतकर्ता हुन्। उनले त्यो सहकारीमा ३० हजार ५ सय रुपैयाँ जम्मा गरेका छन्।जुम्लाको बसपार्कमा अवस्थित स्वजन बहुउद्देश्यीय सहकारी संस्था लि

तारा एयरको ई–सेवाबाट ठगिँदै यात्रु

जुम्लाका हेमन्त घिमिरेले मंसिर ७ गते तारा एयरको ई–सेवाबाट जुम्लादेखि नेपालगन्जको टिकट बुकिङ गरे । हाल हवाई इन्धनको मूल्य वृद्धि भएसँंगै जुम्लादेखि नेपालगन्जसम्मको भाडादर ५ हजार ८ सय ३० रुपैयाँ तोकिएको छ । तर तारा एयरको ई–सेवाले भने घिमिरेको ८ हजार ८ सय ३० रुपैयाँ काट्यो ।तारा एयरकै अनलाइन एप्सले भने ५ हजार ८ सय […]

पसलअनुसार ग्याँसको फरक मूल्य

यहाँ खाना पकाउने एलपी ग्याँसको फरक मूल्य लिने गरेको पाइएको छ । पसलैपच्छिे ग्याँसको फरक मूल्य लिइने गरेपछि उपभोक्ता मारमा परेका छन् । ग्याँसमा फरक मूल्य लिइने गरेको गुनासोसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्दासमेत कुनै कानुनी कारबाही गरिएको छैन । प्रशासनले मूल्यमा एकरुपता ल्याउन नसकेको उपभोक्ताको आरोप छ । यहाँका ग्याँस डिलरमा एउटा मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई वर्षौँदेखि ग्याँस बिक्री गरिएको उपभोक्ताको गुनासो छ । यसरी पसलैपिच्छे फरक मूल्य लिइन थालेपछि उपभोक्ता मारमा परेका दिपायल पिपल्लाका सर्वजित देउवाले बताउनुभयो । जिल्लाका दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा खाना पकाउने एलपी ग्याँसमा तोकिएभन्दा बढी मूल्य लिई ग्याँस बिक्री वितरण गर्ने गरेका कारण उपभोक्ता ठगिँदै आएको उहाँको आरोप छ । जिल्लामा पाउने भेरी तथा रेडिएण्ट ग्याँसको मूल्य ग्याँस कम्पनी अर्थात् ग्याँस पलाण्टले रु एक हजार ३१३.७५ मा सम्बन्धित डिलरमा सप्लाइ गर्ने गरेको जनाइएको छ । यहाँका ग्यास डिलरले थोक बिक्रीमा उक्त ग्याँसमा रु एक हजार ४५० लिने तथा फुटकरमा रु एक हजार ५०० लिने गरेको र सोही ग्याँस सबडिलरबाट उपभोक्ताले किन्दा रु एक हजार ६०० सम्म लिने गरेको शिखर नगरपालिका–२ कालागाढका राम दमाईले बताउनुभयो ।