मोरङ कारागारमा कोरोना फैलियो, १६ जना अस्पताल भर्ना

मोरङको विराटनगरस्थित जिल्ला कारागारका १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुलाई कोशी कोभिड अस्पताल भर्ना गरिएको छ ।  मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार उनीहरुलाई आजै कोभिड अस्पताल भर्ना गरिएको हो ।‘कारागारको अवस्था खराब भयो, कारागारका कतिपय कोठाहरू आइसोलेट गर्ने तयारी भएको छ,’ दाहालले भने, ‘संक्रमित भएको हुनसक्ने अन्य कैदी बन्दीहरुको कोभिड परीक्षणका लागि महानगरपालिकाले ५० वटा किट लिएर गएको छ ।’कारागारका एक कैदीको भने अत्याधिक ज्वरोको कारण मृत्य