जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलमा ढिलाइ हुनुको कारण माग

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्न ढिलाइ गर्नुको कारण माग गरेको छ । मंगलवार सिंहदरबारमा बसेको महाभियोग सिफारिस समितिको बैठकमा बोल्दै एमालेका सांसद विष्णु पौडेलले महाअभियोग प्रस्ताव दर्ता हुँदा सदन नचलेको भए १५ दिनभित्र सदन बोलाउनुपर्ने र सदन चलेको भए ३ दिनभित्र महाअभियोग प्रस्तावमा छलफल गर्नुपर्ने व्यवस्थाको उल्लंघन भएको भन्दै विरोध जनाए ।उनले महाअभियोग प्रस्ताव दर्ता भएको ६ महिनासम्म पनि छलफलमा नल्याइनु गम्भिर विषय

सम्बन्धित सामग्री

जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलमा ढिलाइ हुनुको कारण माग

काठमाडौं । नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्न ढिलाइ गर्नुको कारण माग गरेको छ । मंगलबार बसेको महाभियोग सिफारिस समितिको बैठकमा एमाले सांसद विष्णु पौडेलले महाअभियोग प्रस्ताव दर्ता हुँदा सदन नचलेको भए १५ दिनभित्र सदन बोलाउनुपर्ने र सदन चलेको भए ३ दिनभित्र प्रस्तावमा छलफल गर्नुपर्ने व्यवस्थाको उल्लंघन भएको भन्दै विरोध जनाउनुभयो […]

प्रधानन्यायाधीश जबराविरुद्धकाे महाअभियाेगमाथि प्रतिनिधि सभामा छलफल सुरु

काठमाण्डाै – प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ । प्रतिनिधि सभाको आज आइतवारको बैठकमा प्रधानन्यायाधीशविरुद्ध गएकाे फागुन १ गते प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गर्नुभएको महाअभियोग प्रस्तावमाथि छलफल सुरु भएको हो ।  छलफलमा भाग लिँदै नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले चुनाव घोषणा गरिसकेको अवस्थामा यस प्रकारको छलफल संसदमा गर्न मिल्ने कि नमिल्ने भन्ने सम्बन्धमा प्रश्न उठेको बताउनुभयो । उहाँले समयभित्रै कार्य सम्पाद...

जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल सुरु

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल भइरहेको छ । अहिलेसम्म सो छलफलमा खगराज अधिकारी, पुष्पकुमारी कर्ण कायस्थ, महेश बस्नेत, निरुदेवी पाल  डा. सूर्यप्रसाद पाठक, चाँदतारा कुमारी, घनश्याम खतिवडा छलफलमा सहभागी भइसकेका छन् । जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा सहभागी सबै सांसदहरुले […]

महाअभियोग प्रस्तावमाथि छिट्टै छलफल हुन्छ : कानुनमन्त्री बन्दी

२० असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे संसदमा छिट्टै छलफल हुने बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सो महाअभियोग प्रस्ताव तत्काल छलफलमा ल्याउन सरकारलाई दबाव दिइरहेका बेला कानुनमन्त्री बन्दीले बजेट छलफलका कारण महाअभियोग प्रस्ताव छलफलमा ढिलाइ भएको दावी […]

महाअभियोग प्रस्तावमाथि समितिमा हुने छलफलमा भाग लिन्छौँः नेम्वाङ

काठमाडौँ– नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि समितिमा हुने छलफलमा भाग लिने जनाएका छन् । आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरूले सदन अवरुद्ध गरिरहेको अवस्थामा महाभियोगका विषयमा समितिमा हुने छलफलमा कुनै असर नपर्ने बताएका हुन् । उनले जबराविरुद्धको महाभियोगको प्रस्तावमाथि एमालेले भाग लिने र उचित निर्णय […]

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अघि बढाउने तयारी

काठमाडौं, २२ फागुन । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा ल्याउने कार्यसूचीबारे छलफलका लागि बैठक बोलाएका हुन् ।   आजको कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध ल्याएको महाअभियोग प्रस्तावलाई छलफलमा ल्याउने कि नल्याउने भन्ने विषयमा समिति गठन गर्नेबारे दलका नेताहरूबीच छलफल हुने स्रोतले बतायो । समितिले महाअभियोग प्रस्तावमाथि […]