राप्रपालाई हराउँदै धादिङको रुबीभ्याली गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी

धादिङ – धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । मतगणनाको क्रममा थोरै मतदाता भएका कारण छिटो मतगणना सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित अध्यक्ष, उपाध्यक्षहरुको नाम सार्वजनिक गरेको छ । रुबीभ्यालीमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका राम सिंह तामाङले २७९२ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका गोम्बा घलेले २५९७ मत प्राप्त गर्नुभएको हो । यसअघि राप्रपाले जितेको रुबीभ्याली गाउँपालिकामा राप्रपाका केन्द्र...