उत्तर कोरियाले आफ्ना लागि छुट्याइएको कोभिड-१९ विरुद्धको खोप लिन अस्वीकार गरेको छ। कोभ्याक्स सुविधा मार्फत् उत्तर कोरियाका लागि पठाउन लागिएको चिनियाँ खोप लिन उसले अस्वीकार गरेको युनिसेफले जनाएको छ।
उत्तर कोरियाको जनस्वास्थ्य मन्त्रालयले २.९७ मिलियन डोज भ्याक्सिन कोभिड-१९ बाट अति प्रभावित देशहरुका लागि छुट्याइयोस् भनेर पत्र पठाएको थियो। उसले खोपको विश्वव्यापी आपूर्ति सीमित…