युनियन लाइफको आईपीओ बाँडफाँड, १५ लाख ३६ हजार आवेदकको हात खाली

युनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । बिहीबार साँझ गोलाप्रथा प्रणालीबाट भएको कम्पनीको आईपीओ बाँडफाँडमा कुल आवेदकहरुमध्ये ५ लाख ८० हजार ५०० जनाले १०–१० कित्ताका दरले सेयर हात पारेका छन् भने १५ लाख ३५ हजार जनाको हात खाली भएको छ ।कुल ६४ लाख ५० हजार कित्ताका लागि कम्पनीले आईपीओ जारी गरेकोमा २१ लाख ८२ हजार ७ सय ७५ जनाले आवेदन दिएका थिए । जसमध्ये २१ लाख १७ हजार आवेदक छनोटका लागि योग्य भएका थिए । बाँकी ४ हजार ८०१ जनाको दोहोरो आवेदनका कारणबाट रद्ध भएको र ६५ हजार १७५ जन