नेपालको बिजुली भारतमा बिक्री गर्न प्रस्ताव

काठमाडौं : नेपाल–भारत विद्युत् आदानप्रदान सहजीकरण गर्ने उद्देश्यले आज दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेसीसी) को बैठक बस्दैछ।बुधबार सम्पन्न सहसचिव स्तरीय संयुक्त कार्यदलले तय गरेका एजेन्डालाई अनुमोदन गर्ने गरी यो बैठक बस्न लागेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटाैतले जानकारी दिए। बैठक होटल हायातमा  बिहान १० बजे सुरु हुने छ। सचिवस्तरीय बैठकमा नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की र भारतको विद्युत्