अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयदेखि अनुसन्धानमा रहेको एक बैंकिङ घोटालासम्बन्धी विषयमा मिहिन छानबिन गरी आज एकैपटक १३६ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले झण्डै रु ४० करोड बराबरको घोटाला भएको तथ्यसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । सरकारी स्वामित्वको नागरिक लगानी कोषको समेत लगानी रहेको तत्कालीन रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि र सो फाइनान्ससमेत ‘मर्ज’ भई बनेको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा कोषको तर्फबाट सञ्चालकमा नियुक्त भएका नवौँ तहका कर्मचारी छविरमण अधिकारीले गल...