सरकारसँग कोरोना बिमाको रकम माग गर्दै निर्जीवन बिमा कम्पनीको छातासंगठन नेपाल बिमक संघले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सोमबारको पेसीमा अदालतले अग्राधिकारसहित कारण देखाऊ आदेश दिएको नेपाल बिमक संघका तर्फबाट अख्तियारी प्राप्त महासचिव अशोककुमार खड्काले जानकारी दिए ।