‘तिम्रो हाँसो’ मा एलिजा र प्रहिलको रोमान्स

गायक सुगम पोखरेल र गायिका रानी शाक्यको युगल स्वर रहेको गीत ‘तिम्रो हाँसो’ रिलिज गरिएको छ । दधि अधिकारीको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा राहुल प्रधानको एरेन्ज छ ।गीतको भिडियोमा एलिजा गौतम र प्रहिल कार्कीको रोमान्स देख्न सकिन्छ । सिन्धुपाल्चोकको रमणीयस्थल सुकुटे आसपासका स्थानमा छायाँकन गरिएको भिडियोमा एलिजा र प्रहिलको रोमान्स सुहाउँदो देख्न सकिन्छ । भिडियोको निर्देशन प्रहिल कार्कीले नै गरेका हुन् । सुरेन्द्र बसेलको कोरियोग्राफी, आभेश बज्राचार्य छायाँकन रहेको भिडियो माधव बेल