चेन्नईको लगातार पाँचौं जित, मुम्बईले राजस्थानको सामना गर्दै

इन्डियन प्रिमियर लिग(आईपीएल)को पहिलो खेलमै हार बेहोरेको चेन्नई सुपर किंग्सले लगातार पाँचौं खेल जितेको छ । उसले हैदराबादलाई सात विकेटले हराएको छ । देल्हीमा गए राति सम्पन्न खेलमा हैदराबादले प्रस्तुत गरेको १७२ रनको लक्ष्य चेन्नईले खेल सकिन नौ बल बाँकी छँदै मात्र तीन विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईलाई जित दिलाउन ओपनर ऋतुराज गाइकवडले फ्याफ डु प्लेसिससँग पहिलो विकेटका लागि १२९ रनको साझेदारी गर्नुभयो । गाइकवडले सर्बाधिक ७५ रनको योगदान दिनुभयो । डु प्लेसिसले ३८ बलमा ५६ रनको योगदान दिनुभयो । मोइन अलिले १५ तथा रबिन्दर जडेजाले सात र सुरेश रैनाले १७ रन बनाउनुभयो ।