काठमाण्डाै - निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको तयारी पूरा भएको जनाएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पत्रकार सम्मेलन गरेर भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुने उम्मेदवारी दर्ताको लागि आयोग तयारी अवस्थामा रहेको जानकारी दिनुभएको हो । उहाँले ७७ वटै जिल्लामा निर्वाचन कार्यालय स्थापना गरेर सबै सामग्रीसहित निर्वाचन अधिकृत र कर्मचारी पनि तयारी अवस्थामा रहेको बताउनुभयो।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको लागि भोलि प्र...