प्रजातन्त्रवादी प्राध्यापक संघको महाधिवेशन चैतमा

काठमाडौं ; प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको महाधिवेशन आगामी चैतमा  काठमाडौंमा हुने भएको छ।काठमाडौमा बसेको सङ्घको केन्द्रीय समितिको बैठकले चैत ११ र १२ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। सङ्घका सचिव डाक्टर विष्णु पोखरेलका अनुसार क्याम्पस एकाइ अधिवेशन फागुन मसान्तभित्र सम्पन्न गर्ने कार्यतालिका बनाइएको छ।त्यसैगरी चैत्र ५ गतेभित्र महाधिवेशन प्रतिनिधि, एकाइ समितिको नामावली, साधारण सदस्यको रसिद सहितको नामावली र शुल्क केन्द्रीय कार्यालयमा पठाउनु पर्ने उनले बताए। पटक पटक स्थगित हु

सम्बन्धित सामग्री

प्रजातन्त्रवादी प्राध्यापक सङ्घको महाधिवेशन स्थगित

काठमाडौं,१९ जेठ । प्रतिनिधि चयनलगायतका विषयमा विवाद देखिएपछि प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । यही जेठ १९ र २० गते काठमाडौँमा आयोजना गरिएको सो महाधिवेशनका लागि तयारी पूरा भए पनि एक समूहले क्याम्पस इकाइ समितिका सभापति एवं महाधिवेशन प्रतिनिधिलाई फर्जी भनेपछि महाधिवेशन स्थगित गरिएको सङ्घका अध्यक्ष जगत तिमिल्सिनाले जानकारी दिए […]

फुटको संघारमा पुगेपछि प्राध्यापक संघको महाधिवेशन स्थगित

१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी प्राध्यापक संघलाई फुटबाट जोगाउन पाँचौँ राष्ट्रिय महाधिवेशन स्थगन गरिएको छ । शुक्रबार र शनिबारका लागि बोलाइएको महाधिवेशनको विरुद्धमा संस्थापनइतर पक्षले समानान्तर महाधिवेशन बोलाएको थियो । प्राध्यापक संघका …

प्राध्यापक संघको सदस्यता विवाद टुंगियो, जेठमा महाधिवेशन

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी जेठ १९ र २० गते राजधानी काठमाडौंमा हुने भएको छ । संघमा देखिएको सदस्यतासम्बन्धी विवाद टुंगिएपछि संघले राष्ट्रिय महाधिवेशनको मिति तय गरेको हो । महाधिवेशनका लागि देशभरिबाट आउने प्रतिनिधिको अन्तिम सूची तयार गरी आइतबार निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ ।

प्रजातन्त्रवादी प्राध्यापक संघको महाधिवेशन स्थगित

काठमाडौं । नेपाली कांग्रेस समर्थक प्रजातन्त्रवादी प्राध्यापक संघको पाँचौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । यही जेठ २६ र २७ गतेका लागि तय भएको महाधिवेशन सदस्यता बिवाद चर्किएपछि अन्तिममा आएर स्थगित भएको हो । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गरेपछि महाधिवेशन स्थगित भएको एक प्राध्यापकले ईमेजखबरलाई जानकारी दिए । अर्काे सूचना प्रकाशित नहुदासम्म […]

प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालको अधिवेशन चैत दोस्रो साता हुने

काठमाडौँ । प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालको अधिवेशन आगामी चैत दोस्रो साता काठमाडौँमा हुने भएको छ । सङ्घको केन्द्रीय समितिको बैठकले चैत ११ र १२ गते सो  अधिवेशन गर्ने निर्णय गरेको हो ।  सङ्घका सचिव डा विष्णु पोखरेलका अनुसार चैत ५ गतेभित्र महाधिवेशन प्रतिनिधि, एकाइ समितिको नामावली, साधारण सदस्यको नामावली र शुल्कसमेत केन्द्रीय कार्यालयमा पठाउनुपर्ने निर्णय […]

नेपाली काँग्रेस चितवनको सभापतिमा ८ जना प्रत्यासी

१९ भदौ, चितवन । नेपाली काँग्रेस चितवनको सभापतिका लागि आठ जना प्रत्यासी चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा यही भदौ २१ गते वडा अधिवेशन हुँदैछ । जिल्ला समितिका लागि भने आगामी असोज १० गते निर्वाचन हुनेछ । जिल्ला सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेपछि उपसभापति कैलाश कोइराला र सचिव उत्तम जोशीले सभापतिका लागि दाबी गरेका छन् । पूर्वसांसद जगन्नाथ पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरे र वाग्मती प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले सभापतिका लागि उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटेका छन् । नेपाली काँग्रेसको क्षेत्र नं १ बाट महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी, क्षेत्र नं २ बाट राजेश्वर खनाल र क्षेत्र नं ३ बाट विजय भुसालले उम्मेदवारी घोषणा गरेर प्रचार अभियानमा जुटेका छन् । जिल्लामा वडा अधिवेशनबाट दुई हजार ९०० क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार जिल्लाका ९८ वटा वडामध्ये २० वटामा निर्विरोध भएको जानकारी आएको छ । हरेक वडामा सभापतिसहित २७ सदस्यीय कार्य समिति हुनेछ । क्रियाशील सदस्यका आधारमा एउटा वडाबाट १६ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आउने छन् । यही भदौ २७ गते नगर अधिवेशन हुने कार्यतालिका रहेको छ । जिल्लामा एउटा महानगरपालिका, एउटा गाउँपालिका र पाँच वटा नगरपालिका छन् । आगामी असोज १ गते प्रदेशको अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधि र प्रदेश कार्यसमिति बनाउने छ । त्यस्तै आगामी असोज ५ गते क्षेत्रको अधिवेशन हुनेछ । यसलगत्तै असोज १० गते जिल्ला अधिवेशन हुनेछ । श्रेष्ठका अनुसार जिल्ला समितिले २७ हजार ८५५ क्रियाशील सदस्य सिफारिस गरेकामा केही छुट भएकाको थप भएर आएको छ । कोहीको आउने क्रममा छ । जिल्लामा नयाँ मात्र १० हजार ८०७ जना क्रियाशील सदस्य थप भएको हो । पुरानाबाट १७ हजार ४८ जनाले नवीकरण गरेको उनले जानकारी दिए । जिल्लाको निर्वाचन हेर्नका लागि अधिवक्ता कमलमोहन पोख्रेललाई केन्द्रीय निर्वाचन समितिले खटाएको छ । निर्वाचन गर्न प्रजातन्त्रवादी कानून व्यवसायी, शिक्षक सङ्घ र प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सदस्य जुटेका छन् । सबै वडामा प्रतिनिधि तोकिएको छ । जिल्ला समिति सभापतिसहित ५० जनाको हुनेछ । जिल्लामा तीन वटा क्षेत्र रहेको छ । देशमा नै क्रियाशील सदस्य बढी भएको जिल्लामध्येमा चितवन पनि पर्दछ ।