बंगलादेशको ढाकामा जारी यु-१५ महिला साफ च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। आयोजक बंगलादेशलाई १-० ले पराजित गर्दै नेपालले प्रतियोगितामा दोस्रो जित निकालेको हो।बंगलादेशविरुद्ध प्रतिस्पर्धात्मक बनेको खेलमा नेपाली किशोरी टोलीले दोस्रो हाफमा गरेको एकमात्र गोल निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा नेपालले खेल सकिन ३ मिनेट बाँकी रहँदा गोलको खाता खोलेको थियो।नेपालका लागि जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी वर्षा ओलीले ८७ औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक