नेकपा माओवादी केन्द्रले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगर क्षेत्रबाट बढीमा ३ जना उम्मेदवारको नाम मागेको छ । अध्यक्ष प्रचण्डले सोमबार एक विशेष सर्कुलर पठाउँदै महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम मागेका हुन् । सर्कुलर अनुसार प्रदेश समितिहरूले सर्वसम्मत भए एक–एक जना र नभए प्राथमिकताका क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने भनिएको एक नेताले जानकारी दिए । ‘स्थानीय तह निर्वाचनका लागि महानगर, उपमहानगरको प्रमुख र उपप्