४५ हजार मत गन्दा तिलोत्तमा नगरपालिकाको प्रमुखमा खाण ८८४ मतले अगाडि

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाण र नेकपा (एमाले) का मोहन चापागाईंबिच सुरु देखिनै तीव्र प्रतिस्पर्धा भइरहेको छ। पछिल्लो मत परिणाम अनुसार कांग्रेसका खाण ८८४ मतान्तरले अगाडि छन्। खाणले १७ हजार ५४३ मत पाउँदा एमालेका चापागाईंले १६ हजार ६५९ मत पाएका छन्। रामकृष्ण गृहमन्त्री…

सम्बन्धित सामग्री

तिलोत्तमा नगर प्रमुखमा कांग्रेसका खाण र उपप्रमुखमा एमालेकी चौधरी निर्वाचित

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाण र उपप्रमुखमा एमालेकी जागेश्वरी देवी चौधरी विजयी भएकी छन्। गठबन्धनबाट उम्मेदवार बनेका खाण ७६५ मतान्तरले विजयी भएका हुन्। कांग्रेस रुपन्देहीका सभापतिसमेत रहेका खाणले २४ हजार ३९६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहन चापागाईंले २३…

स्थानीय तहमा १४ हजार ४०२ जना महिला निर्वाचित  :  निर्वाचन आयोग

जेठ १२, काठमाडौं ।  स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ जना महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त संख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४० दशमलव ८९ प्रतिशत हुन्छ । निर्वाचनमा ५५ हजार ६९९  जना महिला उम्मेदवार रहेका थिए । कुल ७५३ स्थानीय तहमा ३५ हजार २२१ ओटा पद रहेका छन् ।             निर्वाचन आयोगको सूचना प्रणालीमा बिहीवार साँझसम्म प्रविष्ट भएको परिणामअनुसार तीन ओटा पालिकामा प्रमुख र उपप्रमुख दुवै जना महिला निर्वाचित भएका छन् । सोमध्ये झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी र उपप्रमुखमा पुजन न्यौपाने कुँवर निर्वाचित भएका छन् । राजवंशी नेपाली कांग्रेस र न्यौपाने नेकपा (एमाले) बाट उम्मेदवार बनेका थिए।             दैलेखको भैरवी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित भएका छन् । सो पालिकाको प्रमुखमा रीता शाही र उपप्रमुखमा देवी भण्डारी निर्वाचित भएकी छन् । दुवै जनाले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए ।             कैलालीको लम्की–चुहा नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित भएका छन् । सो नगरपालिका प्रमुखमा सुशीला शाही र उपप्रमुख पदमा जुना चौधरी निर्वाचित भएकी छन्। प्रमुख कांग्रेसबाट र उपप्रमुख एमालेबाट उम्मेदवारी दिएका थिए ।            प्रदेशगत आधारमा निर्वाचित महिला             प्रदेश १ मा ८ हजार १९६ उम्मेदवार भएकामा २ हजार ४५५ जना महिला निर्वाचित भएका छन् । मधेस प्रदेशमा १५ हजार ७८० उम्मेदवार रहेकामा २ हजार ७७० जना निर्वाचित भए ।। सोहीअनुसार बागमती प्रदेशमा ८ हजार ३४४ महिला उम्मेदवार रहेकामा २ हजार ३४७ जना निर्वाचित भए।             गण्डकी प्रदेशमा ४ हजार ६४९ महिला उम्मेदवार रहेकामा १ हजार ६२२ जना निर्वाचित हुन सफल भए । सोहीअनुसार लुम्बिनी प्रदेशमा ८ हजार ७६७ महिला उम्मेदवार रहेकामा २ हजार १२४ जना निर्वाचित हुन सफल भए।             आयोगको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा ४ हजार ८७८ महिला उम्मेदवार रहेकामा १ हजार ५२४ जना निर्वाचित  भए। त्यस्तै, सुदूरपश्चिम प्रदेशमा ५ हजार ८५ उम्मेदवार रहेकामा १ हजार ५६० जना निर्वाचित भए ।            प्रमुख पदमा महिला             देशभरबाट २५ ओटा पालिका प्रमुखमा महिला निर्वाचित भएका छन् । आयोगको तथ्याङ्कअनुसार झापाको विर्तामोड नगरपालिका प्रमुखमा पवित्रा महतारा निर्वाचित भएकी छन् । त्यस्तै झापाकै गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी निर्वाचित भइन् ।          मोरङको कानेपोखरी गाउँपालिका प्रमुखमा राजमति इङनाम निर्वाचित भएकी छन्। सोलुखुम्बुको लिखु पिके गाउँपालिका प्रमुखमा मीनादेवी कार्की निर्वाचित भएकी छन् । खोटाङको जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा अरुणादेवी राई विजयी भएकी छन्। सोही जिल्लाको हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा विमला राई निर्वाचित भइन्।             सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा गीता चौधरी निर्वाचित भएकी छन् । सर्लाहीको बरहथवा नगरपालिका प्रमुखमा कल्पनाकुमारी कटुवाल निर्वाचित भइन्।             त्यस्तै रौतहटको ईशनाथ नगरपालिका प्रमुखमा कौशल्या देवी र सोही जिल्लाको मौलापुर नगरपालिका प्रमुखमा रिनाकुमारी साह निर्वाचित भइन् ।             सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा पार्वती सुनुवार निर्वाचित भइन् । सोही जिल्लाको सुनकोसी गाउँपालिका प्रमुखमा दीपा बोहरा दाहाल निर्वाचित हभइन् । काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका प्रमुखमा रेणुका चौलागाईं, मकवानपुरको हेटौंडा उपमहानगरपालिका प्रमुखमा मीना लामा, चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेणु दाहाल र सोही जिल्लाको माडी नगरपालिका प्रमुखमा ताराकुमारी काजी महतो (थारु), निर्वाचित भएकी छन् ।             नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका प्रमुखमा लक्ष्मी पाण्डे, सोही जिल्लाको सुनवल नगरपालिका प्रमुखमा विमला अर्याल, बागलुङको बडिगाड गाउँपालिका प्रमुखमा गण्डकी थापा अधिकारी निर्वाचित भएका छन् ।             त्यस्तै पर्वतको मोदी गाउँपालिकामा हीरादेवी शर्मा निर्वाचित भएकी छन् । पाल्पाको बगनासकाली गाउँपालिका प्रमुखमा सरस्वती दर्लामी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका प्रमुखमा मोहनमाया ढकाल र अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा अम्बिका चलाउने निर्वाचित भएका छन् ।             दैलेखको भैरवी गाउँपालिका प्रमुखमा रीताकुमारी शाही निर्वाचित भएकी छन् । सोहीअनुसार कैलालीको लम्की–चुहा नगरपालिका प्रमुखमा सुशीला शाही निर्वाचित भएकी छन् ।             आयोगको तथ्याङ्कअनुसार दलित महिला सदस्यमा १२३ स्थानीय तह खाली रहेको छ । त्यस्तै एक जना महिला सदस्य स्थानीय तहमा खाली रहेको छ ।             काठमाडौं महानगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र बाजुराको बूढीगङ्गा नगरपालिकाको परिणाम आउन बाँकी नै रहेको छ । रासस

अब १२ ओटा पालिकाको अन्तिम मतपरिणाम आउँन बाँकी  : निर्वाचन आयोग

जेठ १०,  काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको ११ दिन भइसक्दा अझै १२ ओटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ४६० ओटा गाउँपालिकाका र २७९ ओटा नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । छमध्ये तीन  ओटा महानगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ । विराटनगर, भरतपुर र वीरगञ्ज महानगरको मतपरिणाम सार्वजनिक भइसकेको छ । विराटनगरमा नागेश कोइराला, भरतपुरमा रेनु दाहाल र वीरगन्ज महानगरमा राजेशमान सिंह विजयी भइसकेका छन् ।           काठमाडौं, पोखरा र ललितपुर महानगर, तुलसीपुर उपमहानगरपालिका, उदयपुरको कटारी र त्रियुगा नगरपालिका, रौतहटको गढीमाई, गरुडा र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगन्ज नगरपालिका, बाजुराको बूढीगंगा गाउँपालिकालगायत केही नगरपालिकामा मतगणना जारी रहेको आयोगले बताएको छ ।             काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह, ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जन, पोखरामा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य र तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का टिकाराम खड्का अगाडि छन् ।        नतिजा सार्वजनिक भएकामध्ये ३२२ ओटा पालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसले १८८ गाउँपालिको अध्यक्ष र १३४ नगरको प्रमुखमा जित हासिल गरेको छ । एमालेले १२३ गाउँपालिका अध्यक्ष र ७९ नगरप्रमुख गरी २०२ पालिका प्रमुख जितेको छ ।             यसैगरी नेकपा (माओवादी केन्द्र) २५ नगरप्रमुख र ९६ गाउँपालिका अध्यक्षसहित १२१ ओटा पालिकामा विजयी भएको छ । एकीकृत समाजवादीले ११ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार ३० नगरमा विजयी भएको आयोगले बताएको छ । जनता समाजवादी पार्टीले २१ नगरप्रमुख तथा साना दल र स्वन्तन्त्र उम्मेदवारले ३२ गाउँपालिका अध्यक्ष जितेका छन् ।             कांग्रेसले १०६ उपप्रमुख र १९० उपाध्यक्ष, एमालेले १०६ उपप्रमुख र १२६ उपाध्यक्ष, माओवादीले ३३ उपप्रमुख र ९५ उपाध्यक्ष, जसपाले उपप्रमुख ११ र १९ उपाध्यक्ष तथा अन्य दलले २३ उपप्रमुख र ३० उपाध्यक्ष जितेका छन् ।             कांग्रेस सबैभन्दा बढी २ हजार ६३२ वडामा विजयी भएको छ । एमाले २ हजार ११२, माओवादी १ हजार ४९, जसपा २९१ र अन्य दल तथा स्वतन्त्र ५८५ वडामा विजयी भएका आयोगको तथ्यांक छ । रासस