अमरगढीले बस समयमै नदिँदा स्कुल समस्यामा

डडेल्धुरा : अमरगढी नगरपालिकाले स्कुल बस दिन ढिलाइ गर्दा विद्यार्थीलाई समस्या भएको छ। अमरगढी नगरपालिकाले नयाँ शैक्षिक सत्रमा नगरभित्रका दुई विद्यालयलाई स्कुल बस दिने भन्दै आवेदन दिन आह्वान गरेको थियो। जसअनुसार महेन्द्र माध्यमिक विद्यालय खलंगा र भागेश्वर मावि टाँटरले आवेदन दिएका थिए।नगरपालिकाले बस दिने निर्णय गरेपछि महेन्द्र माध्यमिक विद्यालयले टाढा टाढाका विद्यार्थी भर्ना गरेको छ। वैशाखमा दिने भनेको बस असार कट्नै लाग्दासमेत नदिएको महेन्द्र माध्यमिक विद्यालयका नासु धर्म पन्तले बताए।विद्यालय र नगरप

सम्बन्धित सामग्री

रोल्पाका ३ सामुदायिक विद्यालयमा स्कुल बस

१८ मंसिर, रोल्पा । रोल्पाका तीन सामुदायिक विद्यालयले स्कुल बस सञ्चालनमा ल्याएका छन् । परिवर्तन गाउँपालिका–५ मौलावोटको नेपाल राष्ट्रिय मावि, रोल्पा नगरपालिका–६ कोटगाउँको नेपाल मावि र सदरमुकाम लिवाङको बालकल्याण माविले स्कुल बस सञ्चालन गरेका हुन् । नेपाल मावि कोटगाउँ, बालकल्याण मावि लिवाङले १/१ वटा र नेपाल राष्ट्रिय मावि मौलावोटले २ वटा बस सञ्चालनमा ल्याएका छन् […]

निर्देशिकाअनुसार सञ्चालन नगर्ने २० वटा स्कुल बस नियन्त्रणमा

काठमाडाैँ- स्कुल बस निर्देशिकाअनुसार सवारी साधन सञ्चालन नगर्ने २० वटा स्कुल बसलाई नियन्त्रणमा लिई १५ दिन भित्र मापदण्ड पूरा गरी ट्राफिक प्रहरी कार्यालयमा देखाउने गरी छाडिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुल बस निर्देशिका अनुसार सन्चालन नगरिएका २० वटा स्कुल बसलाई साेमबार नियन्त्रणमा लिएको थियो। हिजाे बिहान गरिएको चेकजाँचमा सवारी चालक अनुमतिपत्र नभएको एक, […]

ट्राफिक नियम पालना नगर्ने २० वटा स्कुल बस कारबाहीमा

काठमाण्डाै - ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट २० वटा स्कुल बस नियन्त्रणमा लिएर मापदण्ड पूरा गर्ने सर्तमा छोडेको छ । स्कुल बस निर्देशिका–२०७४ अनुसार सञ्चालन नगर्ने २० वटा स्कुल बस नियन्त्रणमा लिएर १५ दिनभित्र मापदण्ड पूरा गर्ने गरी छाडिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जाँचका क्रममा हिजो स्कुल बस निर्देशिका अनुसार सञ्चालन नगरेका २० वटालाई नियन्त्रणमा लिएको थियो । सवारी चालक अनुमतिपत्र नभएको, बसको झ्यालमा डण्डी नराख्ने, कागजपत्र साथमा नराख्ने र ट्राफिक ...

मापसे गरेर स्कुल बस चलाउने २ जना चालक कारवाही

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २ जना चालकहरूलाई आज कारवाही गरेको छ । बिहान साढे ५ देखि साढे ८ बजेसम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारवाहीमा परेका हुन । मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा प्रदेश ३-०१-००३ क ५७४७ नम्बरको आईएसएल कलेज ज्ञानेश्वरका बस चालक धनकुमार लामा र  बा २१ च ६६०९ नम्बरको  प्रोमिनेट कलेज नेपालटारका माइक्रो बस चालक भिमनारायण श्रेष्ठ रहेका छन् । चेकिङको क्रममा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ६ जना स्कुल बसका चा

मापसे गरी स्कुल बस चलाउने चालकलाई कारबाही

उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच जना चालकलाई कारबाही गरेको छ।...

मापसे गरेर स्कुल बस चलाएपछि…

१५ साउन, काठमाडौं । ट्राफिक नियम पालना नगर्ने १६ वटा स्कुल बसका चालक कारबाहीमा परेका छन् । स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई ८ साउनदेखि कारबाही तथा सचेतना अभियान थालिएको हो । अभियानलाई निरन्तरता दिने क्रममा  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारमात्रै विभिन्न स्कुलका १६ वटा बसलाई कारबाही गरेको हो […]

मापसे गरी स्कुल बस चलाउने पाँच चालकलाई कारबाही

मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच जना चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ । आइतबार बिहान चेकजाँचका क्रममा विभिन्न स्कुलका पाँचजना चालकहरूले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको पाइएको प्रहरीको भनाइ छ ।ट्राफिक प्रहरीले गत ८ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान चलाउँदै आएको छ । आइतबार मात्र १६ वटा स्कुल बसलाई  विभिन्न कसुरमा कार्यालयले नियमानुसार कारबाही गरेको

नमूना मावि गाईघाटलाई भारतीय दुतावासको स्कुल बस

भारतीय दुतावासले गाईघाटस्थित त्रियुगा नमूना माध्यमिक विद्यालय (१–१२) लाई स्कुल बस उपलब्ध गराएको छ।...

सरकारी विद्यालयमा स्कुल बस

काठमाडौँ,३० जेठ । बागलुङ नगरपालिका–६ स्थित लहरेपिपल माध्यामिक विद्यालयले सञ्चालनमा ल्याएको स्कुल बस । स्कुल बस सञ्चालनमा ल्याएसँगै टाढाटाढा घर भएका विद्यार्थीलाई अहिले विद्यालयमा पुग्न र घरफर्कन सजिलो भएका छन् । तस्बिर : खेमराज गौतम÷रासस

भरतपुरका सात सरकारी विद्यालयलाई स्कुल बस

भरतपुर महानगरपालिकाले सात सरकारी विद्यालयलाई स्कुल बस उपलब्ध गराएको छ । गत वर्ष पाँच विद्यालयलाई बस खरिदका लागि बजेट उपलब्ध गराइएको र चालु आर्थिक वर्षमा दुई विद्यालयसँग बस खरिदका लागि सम्झौता गरिएको छ ।महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख महेन्द्र पौडेलका अनुसार यस वर्ष साझापुर मावि मेघौली र श्री मावि ढड्डाघारीलाई बस खरिदका लागि बजेट उपलब्ध गराउन सम्झौता गरिएको छ । ती दुई विद्यालयलाई रु १७ लाख ५० हजारका दरले बजेट उपलब्ध गराइँदै छ ।ती विद्यालय र महानगरपालिकाबीच बस खरिदका लागि सम्झौता गरिएको छ ।