जग्गा फुकुवा गर्न लचिलो भएन सरकार, आन्दोलन जारी

दाङ- लुम्बिनी प्रदेशसभा प्रवेश गर्ने सडक किनार नजिकैको एउटा प्रतिक्षालय जहाँ विगत चार दिनदेखि मानिसहरूको उपस्थिति बढ्दो छ। केही व्यक्ति बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म बसिरन्छन्। ती व्यक्तिलाई भेट्न र ऐक्यबद्धता जनाउन पुग्नेहरू पनि छन्। तर प्रदेश सरकारले यो प्रतिक्षालयमुनि बसेकाहरूको आवाज सुनेको छैन। सरकारका मन्त्री र सांसदहरू मन्त्रालय छिर्ने मूलगेट नजिकै चलिरहेको आन्दोलनप्रति […]