म्याग्दी। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्रे गर्न सुरु भएको छ। भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयमार्फत सोमबारदेखि छ किलोमिटर ५०० दूरीको सडकमा कालोपत्रे गर्न थालिएको हो। कार्यालयका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागाईले दुई लेनमा अक्सफाल्ट प्रविधिको कालोपत्रे गरिने जानकारी दिए। “गत वर्ष पाँच […]
उनीहरूले सत्तामा रहँदा शक्तिको आडमा गैरकानुनी सम्पत्ति आर्जन गरेको विभागको बुझाइ छ। गैरकानुनी कार्यबाट आर्जित रकमको स्रोतमा समस्या हुने भएकाले त्यसलाई व्यवस्थापन गर्ने विभिन्न गतिविधि र अवैध रूपमा लगानीसमेत हुने भएकाले सरकारले त्यस्तो लगानीलाई निरुत्साहित गर्ने गरेको छ।
बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष पूरा भएको, न्यूनतम कूल पुँजीकोष कायम रहेको र कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्नेलगायतका सर्तहरु पूरा गरेको हुनुपर्नेछ।
काठमाडौं– नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ५३ करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसहित मङ्गलबार साँझ ७ बजेभित्र आवेदन दिन भनेको छ । राष्ट्र बैंकले उक्त रकम […]
काठमाडौं – ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक र मैदान बाहिरबाट पनि उल्लेख्य सङ्ख्यामा समर्थकको साथ। नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा सीमित सिटका कारण कैयौँ दर्शक मैदान बाहिरबाटै समर्थन जनाए। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल हेर्ने दर्शक मात्रै होइन खेलाडीले पनि खुसी व्यक्त गरे। उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई […]