काठमाण्डाै – नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाअभियोग नै निष्क्रिय भइसक्यो भन्नुको तुक नरहेको बताउनुभएको छ ।
बुधवार सिंहदरबारमा रहेकाे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक कक्षमा पुग्नुभएका निलम्बित प्रधानन्यायाधीश जबराले बयानका क्रममा महाअभियोग प्रस्ताव नै संविधानअनुसार अघि नबढ्दा निष्क्रिय बनिसकेको बयान दिनुभएको भन्दै सांसद पोखरेलले यसको अर्थ नरहेको बताउनुभयो । उहाँले महाअभियोग प्रस्तावमा नै जबरा बयानका लागि आउनुभएको उल्लेख गर्दै यस्तो भन्नुको तुक ...