रुकुम पश्चिममा मापदण्ड विपरीत निर्माण हुँदै गरेको सडक डोजर लगाएर भत्काइयो

रुकुम पश्चिम - रुकुम पश्चिममा मापदण्ड विपरीत गुणस्तरहीन काम भएको भन्दै डोजर लगाएर सडक भत्काइएको छ । आठबिसकोट नगरपालिकाले आफ्नै पालिकाको केन्द्र रहेको राडी बजारमा निर्माणाधीन सडकमा डोजर लगाएर भत्काएको हो । मेयर रवि केसीले मापदण्ड विपरीत र गुणस्तरहीन काम भएको पाइएपछि निर्माणकै क्रममा रहेको सडक भत्काइएको बताउनुभयो । केसीसहितको टोलीले निर्माणाधीन सडकको अस्ति आइतवार अनुगमन समेत गरेको थियो । अनुगमनको क्रममा मापदण्ड विपरीत निर्माण भएको भेटिएपछि हिजो डोजर नै लगाएर सडक भत्काइएको हो । आठबिसकोट नगरपालिका&ndas...