प्रदेश नम्बर १ मा भीम आचार्य मुख्यमन्त्री बनेको दिनबाटै उनको विकल्प खोज्न शुरू भएको छ ।
आचार्यलाई विस्थापित गर्दै नयाँ सरकार गठन गर्ने तयारीका लागि विपक्षी गठबन्धनका नेताहरू छलफलमा जुटेका छन् ।
आज मात्रै निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा भीम आचार्य मुख्यमन्त्री बनेका छन् ।
एकल बहुमतको मुख्यमन्त्रीका रूपमा आचार्यले शपथ लिए पनि एमाले विभाजनले उनको बहुमत गुम्न सक्ने देखिएको छ ।
आचार्य मुख्यमन्त्री बनेको पहिलो दिन नै उनको विकल्प खोज्न नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले छलफल शुरू...