काठमाण्डाै - अमेरिकामा बस्ने नेपालका तराईवासीहरुको संस्था एसोसिएशन अफ नेपाली तराइयन इन अमेरिका (एन्टा)ले यस वर्ष हुने आफ्नो छैटोँ महाधिवेशन स्थगित गरेको छ ।
एन्टाले कोरोना महामारीको विषम परिस्थितिका कारण यस वर्ष हुने महाधिवेशन स्थगित गरिएको जनाएको छ । एन्टाले महाधिवेशन अर्को वर्ष अर्थात् सन् २०२२ मा सम्पन्न गरिने जानकारी पनि दिएको छ।
एन्टाका अध्यक्ष अपराजिता झाले अमेरिकामा कोरोना भाइरसको डेल्टा भेरियन्टको बढ्दो प्रकोपको कारण यस वर्षको महाधिवेशन स्थगित गरिएको जानकारी दिनुभयो। डेल्टा भेरियन्टको बढ्दो प्रकोपका...