यो वर्ष राष्ट्रपति भण्डारीको भाइटीका भएन

काठमाडौँ – यस वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीको भाइटीका भएन। राष्ट्रपति भण्डारीको माइतीतर्फ जुठो परेको हुँदा उनको भाइटीका नभएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनका तीन जना भाइ छन्। जसमध्ये एक जना नेपालमै छन् भने दुई जना अमेरिकामा रहेका छन्।