धार्मिक पर्यटनबाट देशको विकास सम्भव छ : मुख्यमन्त्री

कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले धार्मिक पर्यटनबाट नै देश विकास सम्भव रहेको बताएका छन् । आज नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको गैँडाकोट–९ थुम्सीस्थित हनुमान मन्दिरमा आयोजना गरिएको विराट ज्ञान महायज्ञ समापन कार्यक्रममा उनले धार्मिक पर्यटनका हिसाबले गण्डकी प्रदेश धनी रहेको बताउँदै यहाँका धार्मिक स्थलको विकासका लागि प्रदेश सरकार सदैव अग्रसर रहेको बताए […]