काठमाडौं । श्रम स्वीकृति लिएर अफगानिस्तान पुगेकामध्ये करिब १५ सय जनाको तथ्याङ्क परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ । तालिवानी समूहले सत्ता नियन्त्रणमा लिएपछि नेपाल सरकारले त्यहाँ रहेका आफ्ना नागरिकको तथ्याङ्क खोजी गरिरहेकोमा परराष्ट्र मन्त्रालयले हालसम्म करिब १५ सय जनाको तथ्याङ्क प्राप्त भएको जनाएको हो ।