ट्रम्पका कारण विश्वभर महँगिदै सुन, नेपालमा कतिसम्म पुग्ला भाउ ?

सुनको भाउ निरन्तर बढिरहेको छ । आज तोलामा ३ सयले घटेर ९४ हजार ३ सयमा आएको भएपनि यो नेपालीको क्रयशक्ति भन्दा निकै बाहिर हो । सुनचाँदी व्यवसायीहरु नै सुनको भाउ उकालो लाग्नु नेपालीका लागि सुःखद नभएको बताउँछन् ।सुनको भाउ बढ्नुका पछाडी अन्तराष्ट्रिय व्यापार नै मुख्य कारण हुने गर्दछ । सनचाँदीको भाउमा आउने उतारचढावमा नेपालको भूमीका हुँदैन । के के हुन् कारण ?पछिल्लो समय सुनको भाउ बढ्नुको मुख्य कारक अमेरिका हो । अमेरिकामा ३१ वर्ष यताकै अत्याधिक महँगी बढेको छ । निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब १५ ट्रिलियन डलर छापेको र यसका कारण महँगी बढेको अनुमान अन्तराष्ट्रिय बजारमा हुँदै आएको छ ।‘जति डलर प्रिन्ट गरेपनि बरोजगारी त बढि नै रह्यो’ सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियश शाक्य भन्छन्, ‘बेरोजगारी बढेपछि गरिबी बढेको छ, अमेरिकामा गरिबी बढ्दाको असर विश्व बजारमा पर्ने नै भयो, किनकी अन्तराष्ट्रिय व्यापार त डलरमा हुन्छ ।’त्यस्तै बिट क्वाइनको भाउ अत्याधिक बढेकाले पनि डलर कमजोर भएको छ । बिट क्वाइनले डलर कमजोर पारेकाले पनि यसको असर सुनचाँदीको देखिएको छ ।त्यस्तै केही दिनअघि सम्पन्न भएको ‘कोप २६’ मा चीन र रसियाका राष्ट्रपतिले भाग नलिएको कारण पनि अन्तराष्ट्रिय व्यापारमा दरार उत्पन्न भएको छ । जसका कारण मानिसहरु अन्य लगानीका क्षेत्र छोडेर सुन किनेर राख्ने मनस्थितीमा पुगेको र बजारमा सुनको माग ह्वात्तै बढेको छ । यसले पनि भाउ बढाउन भूमीका खेलेको नेपाली व्यवसायीहरु बताउँछन् । कति पुग्ला भाउ ?सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियश शाक्य सुनको भाउ अन्तराष्ट्रिय बजारमा तीव्र रुपमा बढिरहेको बताउँछन् ।हाल १८६० डलर प्रति औँस रहेको सुनको भाउ नेपाली बजारमा ९४ हजारको पेरिफेरीमा छ । यही क्रम जारी रहे सुनको भाउ १ देखि २ हप्तामै ९६ हजार कट्ने शाक्यको भनाई छ । यदि अन्तराष्ट्रिय व्यापारमा शक्ति राष्ट्रबीच टकराव कायम रहे सुनको भाउ नेपाली औसतको क्रय क्षमताभन्दा निकै बाहिर पुग्ने देखिएको छ ।हाल नेपालमा दैनिक २० किलो सुन आयात भईरहेको छ । तर, बिबाहको लगन भएको मंसिर महिना सुरु हुन लागेकाले दैनिक ४० किलो सुनको माग भईरहेको छ ।

सम्बन्धित सामग्री

सुनचाँदीको भाउ आज पनि बढ्यो

काठमाण्डौ – सुनचाँदीको भाउ आज पनि बढेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले र चाँदीको १० रुपैयाँले भाउ बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ छ । यस्तै, चाँदी तोलामा एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ आज पाँच सय रुपैयाँले बढ्यो, किन बढ्दैछ लगातार भाउ

काठमाण्डाै - सुनको भाउ लगातार बढ्न थालेको छ । २०७८ साल फागुन २५ गते भाउ बढेर तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको भाउ त्यसयता घटेको थियो । तर, केही दिनयता फेरि भाउ बढेको बढ्यै छ। आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ३ हजार ९ सय रुपैयाँमा पुगेको छ । भाउ अझै बढ्न सक्ने सम्भावना रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार सुनको भाउ बढेर २०७८ साल फागनु २५ गते तोकिएको भन्दा धेरै पुग्ने अनुमान छ । ‘अहिलेको अ...

फेरि बढ्यो सुनको भाउ

काठमाण्डाै - सुनको भाउ आज फेरि बढेको छ । सुनको भाउ आज तोलामा एक लाख ७ सय रुपैयाँमा पुगेको छ । आजको भाउ हिजोको भन्दा तोलामा २ सय रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँ थियो ।  चाँदीको भाउ भने आज पनि स्थिर छ । २ दिनयता चाँदीको भाउ घटबढ भएको छैन । चाँदी तोलामा आज पनि एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

सुनचाँदीको भाउ बढ्यो

काठमाण्डाै – सुन चाँदीको भाउ आज बढेको छ । सुनको भाउ तोलामा एक सय रुपैयाँले र चाँदी २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको भाउ तोलामा ९३ हजार ४ सय रुपैयाँ पुगेको छ भने चाँदी एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ नौ सय रुपैयाँले घट्यो

काठमाण्डाै - सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९९ सय हजार तीन सय रुपैयाँ तोकिएको छ । यो भाउ हिजोको भन्दा नौ सय रुपैयाँले सस्तो हो। हिजो सुनको भाउ तोलामा एक लाख दुई सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजोको जस्तै तोलामा एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको  छ।

सुन चाँदीको भाउ बढ्यो

काठमाण्डाै - सुन चाँदीको भाउ आज फेरि बढेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ भने चाँदीकाे भाउ १० रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज चाँदीको भाउ तोलामा १३ सय २० रुपैयाँ छ ।

सुनचाँदीको भाउ घट्यो

काठमाण्डाै - सुनचाँदीको भाउ आज घटेको छ । हिजो तोलामा चार सय रुपैयाँ बढेर ९३ हजार सात सय रुपैयाँ पुगेको सुनकाे भाउ आज तोलामा चार सय रुपैयाँ घटेको हो । सुनकाे भाउ आज तोलाको ९३ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर १३ सय ५० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

सुनचाँदीको भाउ घट्यो

काठमाण्डाै – सुनचाँदीको भाउ आज घटेको छ । हिजो एकैदिन ६ सय रुपैयाँले बढेर तोलामा ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको हो । सुनको भाउ आज तोलाको ९३ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि आज घटेको छ । हिजो तोलामा ३५ रुपैयाँ बढेर १३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २० रुपैयाँ घटेर १३ सय ७० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

किसानको फसल 'घुइँयाको भाउ'

वसन्ते तरकारी खेती गरेर राम्रो उत्पादन लिउँला सोचेका किसानको फसलको मूल्य अहिले ‘घुइँयाको भाउ’ भएको छ। चलनचल्तीको भाषामा समाजमा सबैभन्दा सस्तो र हेँलाका रुपमा पिँडालुलाई ‘घुइँयाको भाउ’ भाउ भनेर सम्बोधन गरिँदै आएको छ। हो, अहिले त्यही पिँडालु (घुइँयाको भाउ) ...

सुनको भाउ तीन सय रुपैयाँले घट्याे

काठमाण्डाै - सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ८९ हजार ६ सय रुपैयाँ तोकिएको छ । यसअघि गएको शुक्रवार सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँ थियो । हिजो काठमाण्डौमा सार्वजनिक बिदा र अस्ति शनिवार भएकाले दुई दिन सुनको भाउ तोकिएको थिएन । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय ७५ रुपैयाँ तोकिएको छ ।