ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारको सानो प्रयासले बाढीपहिराबाट हुने जनधनको क्षति कम गर्न सकिने बताएका छन् । जल तथा मौसम विज्ञान नीति-२०८१ को मस्यौदाबारे बिहीबार मन्त्रालयमा छलफल गर्दै मन्त्री खड्काले जलवायु परिवर्तनका कारण बाढीपहिरो जाँदा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै त्यसलाई रोक्नका लागि सरकारले काम गर्नुपर्ने बताए ।