कान्दाहारसहित महत्त्वपूर्ण सहर तालिबानको कब्जामा, सरकारद्वारा सत्ता साझेदारीको प्रस्ताव

काठमाण्डाै - विद्रोही समूह तालिबानले अफगानिस्तानको घाज्नी र हेरात सहरमा पनि कब्जा जमाएको छ । यसलाई तालिबानले महत्त्वपूर्ण जित मानेको छ । रणनीतिक रुपमा मुख्य मानिने घाज्नीमा कब्जा जमाए पछि तालिबानले अब राजधानी काबुलमा पनि कब्जा गर्ने सम्भावना बढेको छ । घाज्नी काबुलदेखि १५० किलोटिर दूरीमा पर्छ । तालिबानले अफगानिस्ताको दोस्रो ठूलो सहर कान्दाहारलाई पनि कब्जामा लिएको छ । कान्दाहारमा भीषण युद्ध चलिरहेको छ । युद्धका कारण हजारौँ मानिस विस्थापित भएका छन् । तालिबानको सक्रियता बढेसँगै अफगान सरकारले धेरै ठाउँमा नियन्त्रण गुमा...