भरतपुर अस्पतालमा सर्पदंशका बिरामी बढे

चितवन : पछिल्लो दुई हप्तादेखि सर्पदंशका बिरामी बढेको भरतपुर अस्पतालले जनाएको छ। सर्पले टोकेको बिरामीलाई सर्पदंशका बिरामी भनिन्छ।दैनिक औसत ५ देखि ७ जनासम्म सर्पदशंका बिरामी आउन थालेको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। चितवनसहित तनहुँ, गोर्खा, लमजुङ, नवलपरासी, मकवानपुर, रौतहट र कपिलवस्तु लगायत जिल्लाबाट सर्पले टोकेका बिरामी भरतपुर अस्पताल आउने गर्छन्। सर्पदंशपछि उपचार गर्न भरतपुर अस्पतालमा विशेषज्ञ चिकित्सकहरू भएकाले पहाड तथा तराईका विभिन्न जिल्लाबाट बिरा