कर्णाली प्रदेशको बजेट ३६ अर्ब : कोरोना नियन्त्रण तथा रोकथाम प्राथमिकतामा

असार १, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३६ अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । कर्णाली प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्षको लागि कुल ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् । कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर कर्णाली सरकारले बजेट ल्याएको छ । समृद्ध कर्णालीको आधारः स्वास्थ्य, शिक्षा, उत्पादन र पूर्वाधार भन्ने मूल नाराका साथ आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याएको हो ।  जसमा पूँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार र चालूतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार बराबरको बजेट ल्याईएको हो । यस्तै वित्तीयतर्फ ३ अर्ब ३९ करोड ९९ लाख ५३ हजार बजेट विनियोजन गरिएको छ । कर्णाली प्रदेशले कोरोना नियन्त्रणका लागि ५३ करोड ९३ लाख बजेट विनियोजन गरेको छ ।  आगामी आव २०७८/०७९ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले कोरोना नियन्त्रणका लागि ५३ करोड ९३ लाख बजेट विनियोजना गरेको घोषणा गरेका हुन् । सरकारले कोरोना नियन्त्रणका लागि ५३ करोड ९३ लाख बजेट विनियोजन गरेको छ । आगामी आव २०७८/०७९ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले कोरोना नियन्त्रणका लागि ५३ करोड ९३ लाख बजेट विनियोजन गरेको घोषणा गरेका हुन् । प्रदेश अस्पताल सुर्खेतलाई ५०० शय्या, डोल्पा, मुगु र हुम्ला जिल्ला अस्पताललाई ५० शय्या, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान अस्पताललाई १०० शय्याका रुपमा स्तरोन्नति गरिने मन्त्री शर्माले बताए । प्रदेशका सबै जिल्लामा मिनी अक्सिजन प्लान्ट सञ्चालन गरिने भएको छ ।   यस्तै कर्णाली प्रदेश सरकारले उत्कृष्ट किसानलाई सुनको हलो अंकति तक्माले सम्मान गर्ने जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले मंगलवार यस्तो घोषणा गरेका छन् ।  ‘मुख्यमन्त्री कृषि कार्यक्रम’ मार्फत वार्षिक एक जना उत्कृष्ट कृषकलाई सुनको हलो अंकति तक्माले सम्मान गरिनेछ । त्यस्तै, व्यावसायिक कृषि खेती प्रणालीको विकास तथा किसानको सम्मानका लागि प्रदेशका २०० किसानलाई सम्मान गरिने बजेट वक्तव्यमा उल्लेख छ । जसका लागि आगामी आर्थिक वर्षमा सरकारले ४० लाख बजेट विनियोजन गरेको छ ।