यो देश-
जीर्ण बन्दै गरेको एउटा फाइल हो
जसलाई धमिराले आफ्नो विश्रामस्थल बनाएका छन्
धुवाँले खाएको दराजको अँध्यारो कुनामा थन्किएको
बेवारिसे र विस्मृत
अब यसलाई भेटाउन कठिन भइसकेको छ ।
यसको इतिहास-
फाइलका पानामा कोरिएका ती वाचाहरू हुन्
जो घाम नझुल्किँदै पहेँला भएर …