विज्ञापन बोर्डले विदेशी टेलिभिजनहरूलाई भन्यो– क्लिन फिड लागू नगरे कारबाही गर्छौं

विज्ञापन बोर्डले विदेशी टेलिभिजनहरूले क्लिन फिड लागू नगरे कारबाही गर्ने चेतावनी दिएको छ । बोर्डले अनुगमनका क्रममा क्लिन फिड लागू नगरेको पाइएकाले यस्तो चेतावनी दिएको हो ।बोर्डले भनेको छ, ‘विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ६ मा ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने छ’ भन्ने व्यवस्था रहेको छ ।’ तर, बोर्डले हालै गरेको अनुगमनका क्रममा विदेशी टेलिभिजनहरूले क्लिन फिड लागू नगरेको पाइएको छ ।विदेशी टेलिभिजनहरूले क्लिन फिड ल