अदालतको सुविधायुक्त भवन उपभोगमा ढिलाइ

जिल्ला अदालत मकवानपुरको सुविधायुक्त भवन बनेको झण्डै तीन महिना बिते पनि अझै प्रयोगमा आउन सकेको छैन । उच्च अदालत पाटन हेटौंडा इजलासको परिसरमा रहेको एक नाले भवनबाट जिल्ला अदालत मकवानपुरले आफ्ना सेवा दिँदै आएको छ ।