काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू शान्ति प्रकृयामा आउनु, गणतान्त्रिक संविधान बनाउनु गल्ती भएको हो? भनेर प्रश्न गरेका छन्। नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँग अन्तक्रियामा उनले भने,“मलाई कहिले यता कहिले उता भन्ने आरोप लाग्ने गरेको छ। मेरो पनि कमजोरी भयो होला। तर यता र उता कसले बनायो। यसको अर्को पाटो पनि भएकाले त्यो पाटो हेर्न म अनुरोध गर्दछु।”