सुर्खेतमा दुईजना कोरोना संक्रमितको निधन

काठमाडौं :  कर्णाली प्रदेशको राजधानी सुर्खेतको कालागाउँ प्रदेश अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ ।अस्पतालका फोकल पर्सन डाक्टर केएन पौडेल अनुसार भेरिगंगा नगरपालिका–४ का ६४ वर्षीय एक पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको निधन भएको हो।भेरिगंगाका विरामी वैशाख ५ र वीरेन्द्रनगरका विरामी वैशाख ११ गतेदेखि सो अस्पतालमा उपचाररत थिए।