यातायात व्यवसायीलाई सरकारको जवाफ : हड्ताल गरे समिति नै खारेज गरिदिन्छौं

४ बैशाख, काठमाडौं । सिण्डिकेट कायम हुनुपर्ने माग राख्दै देशब्यापी हड्तालको चेतावनी दिने यातायात व्यवसायीलाई सरकारले पनि कडा जवाफ दिएको छ । उसले यातायातजस्तो अत्यावश्यक सेवामा हड्ताल गरेमा त्यस्ता यातायात समितिको दर्ता खारेजसम्म गरिदिने चेतावनी दिएको हो । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी संस्था दर्ता ऐन २०३४ र आवश्यक सेवा सञ्चालन …