रुसको सुरक्षामा सम्झौता हुन सक्दैन : पुटिन

राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको स्वार्थ र सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।  यूक्रेनतर्फको सीमामा थप रूसी फौजहरू भेला भएको भन्दै यूक्रेनसहित उसका पश्चिमा सहयोगी मुलुकहरूले रुसमाथि आरोप लगाएको बेला पुटिनले भिडिओ सम्बोधनमार्फत देशको सुरक्षा र स्वार्थ विपरीत सम्झौता गर्न नसकिने बताएका हुन् ।अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी गुप्तचर निकायको गोप्य सूचनालाई आधार बनाएर ‘रुसले हमलाको सुरुवात’ गरिसकेको भन्दै मस्कोलाई थप प्रतिबन्धको चेतावनी दिएको केही घण्टामा पुटिनको पछिल्ल