भरतपुर (चितवन) –भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले लेखापढी व्यवसायलाई मर्यादित बनाउन आग्रह गरेकी छन्। नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आज चितवनको भरतपुरमा आयोजित सातौँ राष्ट्रिय परिषद् बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई सहजरूपमा सेवा प्रदान गर्दै पारदर्शी काम गर्न व्यवसायीलाई आग्रह गरिन्। “मालपोत, नापीका कर्मचारी र लेखापढी व्यवसायीलाई सेवाग्राहीबाट विभिन्न आरोप […]