गभर्नर अधिकारीले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश फुयालको एकल इजलासमा

काठमाडौं : निलम्बित गर्भनर महाप्रसाद अधिकारीको रिटमाथिको सुनुवाइ आज हुँदै छ। अधिकारीले दायर गरेको रिटमा सर्वोच्च अदालतका  न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा रिटको सुनुवाइ हुन लागेको सर्वोच्च प्रशासनले जनाएको छ।अधिकारीले गत गत आइतबार दायर गरेको रिट सर्वोच्च अदालतले सोमबार दर्ता गरेको थियो। अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै अर्थ मन्त्रालय, अर्थमन्त्री र सरकारले गठन गरेको छानबिन समितिलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।अधिकारीले रिटमा आफूमाथ