काठमाण्डाै – हवाइ टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाइ कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँ रहेकाे नेपाली दूतावास र गैरआवासीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ ।
कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षामा रहनुभएका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ का विकास शाही, काठमाण्डाैकी अस्मिता लामा, भोजपुरका मोहन पौडेल र महोत्तरीका उदयकुमार यादवलाई सङ्घले हवाई टिकटको प्रबन्ध गरी नेपाल पठाएको हो ।
सङ्घका प्रवक्ता सन्तोष क्षेत्रीका अनुसार शाही र यादव नेपाल एयरलाइन्सको विमा...