बाढीपहिरो र डुबानमा परी हालसम्म ५९ जनाको मृत्यु

काठमाडौं, २९ असार । बाढीपहिरो र डुबानमा परी हालसम्म ५९ जनाको मृत्यु भएको छ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म ५९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा ३१ जना पुरुष, १७ जना महिला, ५ जना बालक र ६ जना बालिका रहेका छन् […]