भारतको सर्वोच्च अदालते बुधबार देशका पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्याका आरोपी ए.जी पेरारिवलनलाई रिहा गरिदिएको छ। उनी ३१ वर्षदेखि कैद सजाय भोगिरहेका थिए। भारतको सर्वोच्च अदालतले ए.जी.पेरारिवलनलाई मुक्त गर्न असाधारण शक्ति प्रयोग गरेको पेरारिवलनका वकिलले बताए। पेरारिवलन गान्धीको हत्या भएको केही सातापछि तमिलनाडूमा पक्राउ परेका थिए। आक्रमणको दोष श्रीलङ्काबाट अलग तमिल राज्य माग गरिरहेको तमिल विद्रोहीलाई लगाइएको थियो । गान्धीले सन् १९८७ मा श्रीलङ्कामा विद्रोही दबाउन भारतीय सेना पठ