१० भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुर्तीजन्य पदार्थ र प्लाष्टिकजन्य वस्तुको बिक्री वितरणमा रोक लगाइएको छ । १ भदौमा बसेको धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगर क्षेत्रमा सुर्तीजन्य पदार्थ सुर्ती, खैनी, जर्दापान, पानपराग, गुट्खा र प्लाष्टिकजन्य वस्तु गिलास, कप झोलाको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिए […]