काठमाडौँ : विश्व पर्यटन दिवसका अवसरमा एकैपटक ७२३ भारतीय पर्यटक नेपाल आएका छन्।नेपालका धार्मिक तीर्थस्थलमा दर्शनका लागि यसरी भारतीय धार्मिक पर्यटकहरू नेपाल आएका हुन्। उनीहरू लुम्बिनी र जानकी मन्दिरको दर्शनीपछि काठमाडौँ आइपुगेका छन्।उनीहरूले पशुपति दर्शन तथा ललितपुरको पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायरको समेत अवलोकन गरेका छन्। धार्मिकस्थलहरू लुम्बिनी, जनकपुरको जानकी मन्दिर, पशुपतिनाथ, काठमाडौँ उपत्यकाका विभिन्न स्थान, पोखरा, मनकामना हुँदै मुक्तिनाथसम्म जाने तयारी उनीहरूको रहेको जनाइ