‘दुई नम्बरी’ मा के छ?

काठमाडौँ : दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘दुई नम्बरी’ यतिवेला प्रदर्शनरत छ। रोमान्स, कमेडी ड्रामा जनरामा बनेको फिल्ममा छिरिङ र हिमाल दुई केन्द्रीय पात्र हुन्। जसको पेशा माने पनि खाने मेसो भने पनि वन्यपक्षीको शिकार हो। एउटा गाउँको सामान्य परिवारका पात्रको आफ्नो कामप्रतिको मोह र मोहभंगले फिल्मको कथामा उतारचढाव ल्याउँछ। फिल्मको शीर्ष विषयवस्तु यही भए पनि प्रेम कथा र पारिवारिक सम्बन्धका कथा पनि सँगसँगै आएका छन्।नेपाली फिल्म उद्योगका लागि कोसेढुङ्गो