चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’

कारागार कार्यालय जगन्नाथ देवलमा थुनामा रहेका चार्ल्स शोभराजको मुद्दामाथि बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन । सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ ठहर भएको हो । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको थियो । शोभराजले पुस ७ गते उमेरको आधारमा कैद छुटको माग गर्दै रिट निवेदन दिएका थिए ।यसअघि अनिलकुमार सिन्हाको एकल इजलासले सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । ७० वर्

सम्बन्धित सामग्री

चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

सर्वोच्च अदालतले कारागार कार्यालय जगन्नाथ देवलमा थुनामा रहेका चार्ल्स  शोभराज गुरुमुखको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ ।बुधबार सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि उक्त मुद्दाको पेशी तोकिएकोक थियो । न्यायाधीशद्वय श्रेष्ठ र सुवेदीको संयुक्त इजलासले चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखेको सर्वोच्चले जनाएको छ । यसअघि अनिलकुमार सिन्हाको एकल इजलासले शोभराजको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको थियो ।